१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो ।
प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा प्रवचन भएको महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८ रूपैयाँ, दोस्रो दिन १ लाख ३८ हजार १०५ रूपैयाँ र तेस्रो दिन शनिबार ४ लाख ४३ हजार ७३१ रूपैयाँ संकलन भएको छ ।
त्यस्तै, चौथो दिन आइतबार ३ लाख १४ हजार ७३२ रूपैयाँ, पाँचौ दिन सोमबार ५ लाख ३१ हजार ८२५ रूपैयाँ, छैठौं दिन मंगलबार ५ लाख १३ हजार ४०७ रूपैयाँ, सातौं दिन बुधबार ५ लाख २३ हजार १०५ रूपैयाँसहित २६ लाख ४१ हजार १३२ रूपैयाँ संकलन भएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले बताए ।
त्यस्तै, महायज्ञको अन्तिम दिन बिहीबार १ लाख १७ लाख ७७९, दानपेटिकाबाट ३० हजार २३५, भुक्तानी लिन बाँकी ४६ हजार ११४ रूपैयाँ र कलशबाट १ लाख २० हजार रूपैयाँ दान रकम संकलन भएको छ ।
शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोहका संयोजक केशव धितालले जानकारी दिए ।
हेटौंडा-६ का कार्यवाहक वडा अध्यक्ष बिजय पौडेलको प्रमुख आतिथ्यतामा महायज्ञ समापन समारोहमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष बासुदेव सापकोटा, कामधेनु बहुद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरी चौलागाईं, महायज्ञका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, सामाजिक संघसंस्था लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...
२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...
२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२७ असार, हेटौंडा । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...