Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

विकासमा बानियाँ: एकैदिन ५ पूर्वाधारको उद्घाटन

IMG-20250626-WA0002-1750931423.jpg

१२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन् ।
मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको नेता बानियाँले उद्घाटन गरेका हुन् ।
बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे ।
बागमती प्रदेश सरकार र मनहरी गाउँपालिकाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

IMG-20250626-WA0004-1750931423.jpg
IMG-20250626-WA0003-1750931438.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779066336.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

राप्रपाको मुख्य सचिवमा खनाल मनोनित
khanal-1024x500-1779011159.jpg

३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् ।  पार्टी अध्यक्ष...

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
nepali_congress-1778977850.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...

नेपालद्वारा अमेरिका नौ विकेटले पराजित
20260517_061052-1778977594.jpg

३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...

मध्यम वर्षाको सम्भावना
water-1778977265.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg