१२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन् ।
मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको नेता बानियाँले उद्घाटन गरेका हुन् ।
बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे ।
बागमती प्रदेश सरकार र मनहरी गाउँपालिकाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...