१० साउन, हेटौंडा । मकवानपुरको हेटौडा १७ रातोमाटे चेकपोष्टबाट प्रहरीले लागूऔषध सहित पाँच जनालाई दुईपटक गरी पक्राउ गरेको छ । बीरगंजबाट काठमाण्डौ तर्फ जांदै गरेको ना ५ ख ३१६६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवारहरुबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको हो ।
प्रहरीले काठमाण्डौ–६ का सनम रानामगरको साथबाट डाईजेपाम ५७ एम्पुल, फेनार्गन ५७ एम्पुल, व्युप्रिनोर्फीन ५७ एम्पुल बरामद गरेको छ । ओखलढुङ्गा फेरीगुठ–३ का नर बहादुर कार्कीको साथबाट डाईजेपाम २ एम्पुल, फेनार्गन २ एम्पुल, व्युप्रिनोर्फिन २ एम्पुल बारमद गरेको छ भने सिन्धुपाल्चोक थुमथाङ ५ का कुबेर थापाको साथबाट डाईजेपाम १ एम्पुल, फेनार्गन १ एम्पुल बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए ।
यसैगरी रातोमाटेबाट नै प्रहरीले बीरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ७२२१ नम्बरको बस चेकजाँच गर्ने क्रममा भारत उत्तर प्रदेश हयरस जिल्ला तहसिल सासनीका बौबी कुरेसीको साथबाट सेतो हेरोईन १० ग्राम र शादिक कुरेसीको साथबाट सेतो हेरोईन ४५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...
६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...
६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...
६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...