Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बालजागृतिबाट ७ शिक्षकलाई विदाई

Bal-Jagriti-1491305978.jpg

२२ चैत, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो ।
विद्यालयले शिक्षक रामकुमार अधिकारी, कृष्णप्रसाद दाहाल, भरत मैनाली, दिपक ढकाल, राजेन्द्र थापा, किशोर न्यौपाने र चन्द्रप्रसाद खतिवडालाई दोसल्ला र ढाकाटोपीसहित सम्मान गरेको थियो । कार्यक्रममा शिक्षकहरुले बालजागृतिमा आफुहरुको सेवाका क्रममा प्रगाढ सम्बन्ध बनेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । विद्यालयको उन्नति, प्रगतिमा आफ्नो सहयोग सधैं रहने समेत उनीहरुको भनाई थियो । 
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएका शिक्षकहरु रामकुमार अधिकारी, दिपक ढकाल, विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद चौलागाई, सहायक प्रधानाध्यापक शिव दुलाल, शिक्षक प्रतिनिधि भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्ष २०७४ को शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
तस्विर सौं. भरत सापकोटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
kailash-sirohiya167577293-1716296772.jpg

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...

प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
1641373260_1615078427_san-1716290030.jpg

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...

कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

थप समाचार