६ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन गाउँका एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएको स्थानीयले जनाएका छन् । कति घरगोठी क्षति भयो तथ्यांक संकलन भईरहेको छ ।
घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा क्षति भएको डिल्लीपुरका लक्ष्मण घिमिरे बताए । घरगोठमा क्षति पुगेपछि बेलुकाबाटै कहाँ सुत्ने र के खाने भन्ने समस्या आएको अर्की पिडित लक्ष्मी सुवेदीको भनाई छ । ‘पुरै गाउँको घर लाईनै क्षति पुर्याएको छ ।’–केशव विष्टले भने ।
डिल्लीपुर, बसन्तपुर, रातोमाटे लगायतका आधा दर्जन गाउँका घर हावाहुरीले छानाविहिन छन् । गाउँमा पशुचौपाया मरेका छन् भने स्थानीय एक महिला घाइते समेत भएकी छिन् । तरकारीको पकेट क्षेत्र मानिने यस क्षेत्रमा लगाएको तरकारी सखाप भएको छ । ‘गाउँभरका घरमा क्षति पुर्यायो, तरकारी र मकै पुरै क्षति पुर्याएको छ ।’–स्थानयि नेत्रबहादुर न्यौपानेले भने–‘म त अब कुखुराको खोरमा सुत्नुपर्ने भएको छ ।’
सरकारले घरबाट बाहिर ननिस्कनु भनेपनि बस्ने घर नै क्षति भएपछि के गर्ने भन्ने चिन्तामा उनीहरु रहेका छन् । ‘तत्कालका लागि ओत लाग्ने र खाने व्यवस्था मिलाईदिनु पर्छ ।’–स्थानीय सम्प्रस पौडेलले भने । पोल ढलेर गाउँ विद्युत विहिन छ । शनिबार क्षतिको अवलोकन गर्न पुगेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले तथ्यांक संकलनपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर अन्तरगत रहेको कमाण्ड पोष्टमार्फत राहतको व्यवस्था गर्ने बताए ।
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...
६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...
६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...
६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...