Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भुकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय

Prachanda-Signature-Garda-1470328744.jpg

२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो । 
३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता उपलव्ध हुने जनाईएको छ । मन्त्रिपरिषदले सशस्त्र द्वन्दका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २र२ लाख रुपैया दिने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने र बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ । अर्को निर्णयमा पहिचानका क्रममा रहेका गरिव घरपरिवारको पहिचान कार्य सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने भनिएको छ । यसका लागि आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ ।

प्रधानमन्त्री दाहालको तेस्रो निर्णय चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र जिल्ला र त्यसमाथिका सरकारी अस्पतालले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्षा यस आर्थिक वर्षबाट सञ्चालन गर्ने उल्लेख छ ।  देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप १ हजार दिने दाहाल नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकको निर्णय छ ।

बैठकले तत्काललाई प्रवक्तामा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई तोकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार