२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताएका छन् । आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै उनले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए ।
मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'राष्ट्रिय समझदारी निर्माणमा पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।' उनले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, 'अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।' शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको उनले अवगत गराए ।
आफू सदैव श्रमजीवी पत्रकारका पक्षमा रहेको स्पष्ट पार्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आजै बिहान सञ्चार क्षेत्रका लगानीकर्ताको समूहले सरकारले हालै वृद्धि गरेको पत्रकारको न्यूनतम पारिश्रमिकले निकै अप्ठ्यारो परेको कुरा मार्मिक रुपमा राखेको जानकारी गराए ।लगानीकर्ताले भूकम्प र नाकाबन्दीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेकाले वृद्धि भएको पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनःविचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
भेटमा महासंघका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गरे । उनले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने आग्रह गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सञ्चार उद्योगको विकास दुवै दुष्टिकोणबाट हेर्नुपर्ने धारणा राखे । भेटमा महासंघका महासचिव उजिर मगरले प्रधानमन्त्रीलाई महासंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै पत्रकारले भोग्नुपरेको चुनौतीका बारेमा अवगत गराएका थिए । (रासस)
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...