२००३ साल माघ १२ र १३ गते भारतको कलकत्तामा भएको प्रथम अधिबेशनले आदरणीय नेता बिपी कोईरालालाई कार्यकारी सभापती र टंक प्रसाद आचार्यलाई मानार्थ सभापती चयन गरी अगाडी बढेको नेपाली कांग्रेस आज उमेरको हिसाबले हेर्ने हो भने आफुलाई अत्यन्तै परिपक्क, उत्तरदायी र जिम्मेवार राजनैतिक दलको रुपमा प्रस्तुत गर्दै यात्राको सात दशकलाई छिचोल्दै आठौं दशक पाईला लम्काई रहेको छ ।
एउटा घर तब ब्यबस्थित घर मानिन्छ, जव त्यो घरको भान्सामा पाकेका परिकार ब्यवस्थित तरिकाले घरमुलीले परिवारका सदस्यलाई पस्कन्छन वा बितरण गर्छन । राज्यको ढुकुटी बढाउन सधैं अग्रसर रहने कांग्रेस व्यवस्थित बितरणमा चुकेको कारण अपजस खेप्दै आईरहनु परेको कुरा जगजाहेर छ । यो बिचमा इतिहासमा गरिएका केही छिटपुट गल्तीबाहेक हरेक परिवर्तन र क्रान्तिमा अग्रणी भुमिका निर्बाह गर्दै नेपालको जेठो पार्टी कांग्रेस आफुभित्रको परिपक्कता लाई जनता माझ पस्कने क्रममा केही अलमलमा परेको हो की भन्ने भान आजकल स्वदेश तथा बिदेशमा रहने आम नेपालीमा मात्रै हैन पार्टीको प्राण पखेरु मानिने उसका आफ्नै कार्यकर्ता तहमा पनी एक चरणको गांईगुई चल्न थालेको छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा अहिले कम्युनिष्टको सरकार छ । झण्डै २ तिहाई नजिक पुगेको कम्युनिष्ट सरकारका केपि शर्मा ओली नेतृत्वले गरेका ईतिहासका अक्षम्य गल्ती, अराष्ट्रिय र अलोकतान्त्रिक कदमहरु, देशमा ब्याप्त चरम भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू देशमा बढिरहदा हरेक दृष्टिकोणबाट हरेक क्षेत्र र भुमिकाका मानिसहरुले आ-आफ्ना तर्क प्रस्तुत गरिरहँदा चोक, चौतारो, चिया पसलहरुमा औंलो ठड्याएर आम मानिसहरु फेरी पनि नेपाली कांग्रेसतिरै फर्किएर खवरदारी गर्दै गाली गरिरहेको भेटिन्छन्, यसको कारण खोतल्नु जरुरी छ ।
तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
स्वभावतः मानिसलाई जो प्रती बढी अपेक्षा हुन्छ, उसैलाई बढी गाली गर्छ । यो शास्वत सत्य कुरा हो । बिगतमा कांग्रेसको नेतृत्वले गरेका केही गम्भिर र अदुरदर्शी निर्णयका कारण बिश्व ईतिहासबाट लोप हुँदै गएको कम्युनिष्टहरु सत्तामा पुग्न सफल भए । तर अपार बहुमत ल्याएर सरकार गठन गरे पनी उनिहरुबाट सकारात्मक परिवर्तनको अपेक्षा नराखेका जनताले फेरी पनि कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत होस् भन्ने चाहना राख्नु र जनचाहना अनुरुप प्रस्तुत हुन नसकेको भनेर आम सर्बसाधारणको चासो र चिन्ताको रुपमा गरिएको 'क्रिटिसिजम'लाई राजनीतिमा सकारात्मक रुपले हेर्नु पर्ने देखिन्छ ।
दुनियाँलाई लोकतन्त्रको दुहाई दिने कांग्रेस यतिखेर आफैं अलोकतान्त्रिक पद्धतिमा चलिरहेछ । पार्टिको बिधानलाई टेकेर प्रतिबद्धता जाहेर गर्दै औपचारिक रुपमा ४ बर्षे कार्यकालको पदभार ग्रहण गरिरहँदा वडा, क्षेत्र, नगर, जिल्ला हुँदै केन्द्रसम्मका सबै तहका नेतृत्व वर्गलाई आफ्नो कार्यकाल ४ बर्ष भएको स्पष्ट थाहा थियो । तापनि केन्द्रीय नेतृत्वको अधिवेशनप्रतिको दृढ ईच्छा शक्ति नहुँदा ४ बर्षे कार्यकाल पुरा गरी बिशेष परिस्थितिमा थप्न पाउने १ बर्षको अबधी पनि पार गरी हाल नेपालको संबिधानले दिएको ६ महिना समय सिमाको अन्तिम दिन २०७८ भाद्र १९ गतेको सिमालाई आधार मानेर आफ्नो अधिबेशनको मिति अघोषित रुपमा तय गरेको छ । पार्टी चल्ने र चलाउने संबिधानले हैन पार्टिको आफ्नो आन्तरिक बिधि र बिधानले हो भन्ने हेक्का हुँदाहुँदै, पटक-पटक तिथि मिति फेरिएर गर्ने भनिएको अधिबेशन हुन्छ की हुँदैन भन्ने अन्योल आम कार्यकर्ताबिचमा ब्याप्त छ । नियमित अधिबेशन नै पार्टीको प्राण र जिवन्त प्रक्रिया हो । तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
यस्तोमा आगामी असार ३ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकतर्फ स्वदेश र बिदेशका पार्टीभित्र र बाहिरका मानिसको ध्यान केन्द्रित भएको छ । समय छउन्जेल निदाएको केन्द्रीय समितिको ध्यान अझै पनि पुरानै परम्परातिर लैजानु र स-साना कुरातिर अल्झिनु भन्दा भएका क्रियाशिलका केही बिबादलाई तदारुकताका साथ अन्त्य गर्दै सबै नेताहरु जिम्मेवार भई महाधिबेशनलाई सम्पन्न गर्न छाती चौडा पार्नु पर्ने बेला आएको छ । मैदान रहे गोल हान्ने हो तर गोल हान्ने दाऊमा मैदानको बिनास नहोस् भन्ने तर्फ बेलैमा सचेत हुन ढिला भैसकेको महशुस आम कार्यकर्ताले गरिरहेका छन् ।
कोभिडको महामारीको बिचमा हुने अधिबेशनमा आफ्नो कार्यकर्ताको जिउधनको सुरक्षातर्फ सचेत हुनु पनि केन्द्रिय समितिको कर्तब्य हुन जान्छ । जसका लागि २१ औं शताब्दीले दिएको प्रबिधिको उच्चतम उपयोग गरी वडादेखी केन्द्रसम्म सबै तहको निर्वाचन निष्पक्ष, पारदर्शी गराउन जरुरी छ । त्यसका लागि ढिलो नगरी ७७ वटै जिल्लामा भएका दक्ष जनशक्ति प्रयोग गरी बिज्ञहरुको टोलि गठन गरी सबै तहमा प्रबिधि मैत्री निर्वाचनतर्फ घाम नडुब्दै ध्यान जाओस भन्ने कुरा केन्द्रले गरेको हरेक सही र गलत निर्णयको सबैभन्दा पहिलो प्रत्यक्ष असर ब्यहोर्ने र पार्टीलाई जिउँदो राख्न सधैं निस्वार्थ लागी पर्ने हामी र हामी जस्ता भुईतहको लाखौं कार्यकर्ताको तर्फबाट बिनम्रतापुर्वक अनुरोध गर्दछु /गर्दछौं ।
वडादेखि केन्द्रसम्म सबै तहको नेतृत्व गर्न ७३२३ जना सभापति र तिनको कार्यसमितिको निर्वाचन हुँदैछ । सबै तहको नेतृत्वमा आउने चाहना राख्नु हुने देशैभरीका तमाम साथीहरु जसमा एकतिहाई महिला सहभागिता अनिबार्य छ । तमाम साथीहरुलाई सकारात्मक परिवर्तन ल्याउने अठोटका साथ देश र पार्टीलाई रक्तसंचार गराउन अगाडि आउनका लागि अग्रिम शुभकामना ब्यक्त गर्दछु । जयनेपाल ????????
(लेखक नेपाल कांग्रेस चितवनकी जिल्ला सदस्य हुन्)
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...