Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौडामा ‘वन लगानी’ कार्यक्रम

Red-1504184692.jpg

१५ भदौ, हेटौडा । रेड प्लस कार्यान्यन केन्द्र, बबरमहल, काठमाण्डौंको आयोजनामा आज हेटौडामा नेपालको सन्दर्भमा वन लगानी सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

गोष्ठीमा वन विनासका कारणहरु,प्राथमिकताम परेका वन विनासर क्षयीकरणका कारक तत्व,कम गर्ने सम्भावित कृयाकलापहरु, आदिवासी जनजाती तथा स्थानीय समुदायको अपनत्व बढाउने लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालले २०१७ को अक्टोवर महिना भित्रमा कार्यक्रमको मस्यौदा विश्व बैकमा पेश गरिसक्नु पर्ने भएकाले ७ वटै प्रदेशमा कार्यक्रम गरी प्राप्त भएका सुझावहरु समेत समेटेर प्रस्तुत गर्ने योजना रहेकोमा हाल सम्म ६ वटा प्रदेशमा कार्यक्रम गरिसकिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा रेड कार्यान्यन केन्द्रका उपसचिव अजयविक्रम मानन्धर, वन विशेषज्ञ शम्भु दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वन विनास रोक्न गर्नु पर्ने क्रियाकलापहरुको बारेमा ७ वटा समूहहरु बनाई छलफल गरिएको थियो । नेपालले वनको विकास र संरक्षण गरी वनको हैसियतमा सुधार गरेमा सन २०२३ सर्मपित अनुदान र ऋण रकम प्राप्त गर्ने कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा  मध्यमान्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले,बेलायतमा बसी नेपालको वनको विकासमा सहयोग गर्दै आएका पिटर ब्रानी, वन विशेषज्ञ दिलराज खनाल लगायतकाले वनको दिगो विकासको बारेमा जानकारी गराउनु भएको थियो गराएका थिए । 

जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वनस्पति कार्यालय, वार्डेन, फेकोफोन, हिमवन्ती, निजी वन, वन विज्ञान अध्ययन संस्थान, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडा क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सोमबार डोजर चल्ने
FB_IMG_1715528824954-1715529003.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...

मधेस सरकारबाट बाहिरियो एमाले र माओवादी (केन्द्र)
Screenshot_20240512_20175-1715524551.jpg

३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

थप समाचार