Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा वनसम्बन्धी तालिम

21272635_1425695744211419-1504792493.jpg

२२ भदौं, हेटौँडा । एकिकृत ग्रामीण विकास सेवा,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयमा हेटौँडामा तालिम भएको छ । विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि नीतिगत व्यस्वस्था, संघियता र वन व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायको धारणा र स्थानीय निकायहरुमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम भएको हो । 
तालिममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य भोला खतिवडाले सहजीकरण गरेका थिए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल,सहसंयोजक भगवती पुडासैनी, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, भीमफेदी गाउँ पालिकाकी उपाध्यक्ष पार्वती राना, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाले सामुदायिक वन समूहलाई अधिकार सम्पन्न बनाउन सहयोग गर्ने बताए । 
एकिकृत ग्रामीण विकास सेवाकी अध्यक्ष सीता विष्टको अध्यक्षतामा भएको तालिममा फेकोफनका केन्द्रीय अध्यक्ष गणेश कार्की, महासचिव भारती पाठक, मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, मध्यमान्चल क्षेत्रीय वन कार्यालयका सहायक वन अधिकृत नवराज पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
क्याम्पाडाँडाका संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

थप समाचार