Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

दिव्यतारामा पुनः डिना

Dina-1503395589-1506257929.jpg

८ असोज, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : महालक्ष्मी उपाध्याय डीना चयन भएकी छिन् । आईतबार हेटौंडामा भएको सहकारीको १९ औँ बार्षिक साधारणसभा एवम् अधिवेशनले डीनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । 
सहकारीको उपाध्यक्षमा डा. गणेश लामा बल, सचिवमा गणेशप्रसाद भेटवाल, कोषाध्यक्षमा ईश्वर पण्डित, सहसचिवमा कमल दुलाल तथा सदस्यमा लक्ष्मी श्रेष्ठ, आनन्दराम पराजुली, निलम देवकोटा, शर्मीला डंगोल, बालगोपाल कँडेल, कृष्णराम न्यौपाने र राजु घले रहेका छन् । यस्तै लेखा समिति संयोजकमा प्रकाश खतिवडा तथा सदस्यमा सुनिता हाडा र राजकुमार न्यौपाने चयन भएका छन् ।
यसअघि, साधारणसभाको अवसरमा दुईजनालाई जागरुक महिला सम्मान प्रदान गरिएको छ । साधारण सभामा साहित्यकार बबी थापा र महिला उद्यमी सुन्दिरा श्रेष्ठलाइ सम्मान गरिएको हो । साहित्य एवम् उद्यममको माध्यमबाट समाज परिवर्तनमा कार्य गरेको र जागरुक महिलाको रुपमा अघि बढेका भन्दै जनही ५ हजार रुपियाँसहित थापा र श्रेष्ठलाई सम्मान गरेको हो । एसईई परीक्षामा उत्कृष्ट ल्याएका अनुराज गौतम, प्रिन्सा उप्रेती, खुसी बानियाँ र पुष्पराज बर्तौला, ज्येष्ठ शेयर सदस्यको रुपमा मेघनाथ बर्तौला र शिवकुमारीलाई सम्मान गरेको छ ।

असल बचतकर्तामा सुष्मा दुवाडी, खुत्रुके बचतमा जोत्सना श्रेष्ठ र डुसाङ स्याङ्तान, कर्जा सही सदुपयोग गर्ने सदस्यको रुपमा किसनकुमार महाजु, दैनिक बचतमा मछिन्द्रनाथ ढुङ्गाना, सबै भन्दा बढी कारोबार गर्नेमा गणेशप्रसाद भेटवाल र उत्कृष्ट बजार प्रतिनिधीको रुपमा शोभा अधिकारीलाई सम्मान गरिएको हो । सहकारीले पहिलो पटक आयोजना गरेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार