Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

२ करोड ५० लाखको लगानीमा रिसोर्ट

Hotel-Aadhya-Retreat-F-1471527175.jpg

२ भदौ, हेटौँडा । उत्तरी मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिकामा २ करोड ५० लाख रुपैँयाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । थाहा–१३ बज्रबाराही भटवालका ललितसिं ठकुरी र अर्जुनसिं ठकुरीले आफ्नो गाउँमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएका हुन् ।

राजधानीमा आईटि क्षेत्रमा कार्यरत भाई अर्जुनको हौसलाबाट शान्त एवं ग्रामिण परिवेश रुचाउने प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गरी रिसोर्ट संचालन गरेको सहकारीकर्मी समेत रहेका संचालक ललितले बताए । “कोलाहलपूर्ण वातावरणबाट दिक्क भई शान्त प्रकृतिमा रमाउन चाहने पर्यटकलाई लक्षित गरी आफ्नै गाउँमा रिसोर्ट संचालन गरेका हौं ।” चित्लाङ चन्द्रागिरी र दामन पालुङबीचमा पर्ने बज्रबाराहीमा यस्तो रिसोर्ट यो पहिलो हो । रिसोर्टमा ३० जनाको क्षमता रहेको छ ।

तरकारीको पकेट क्षेत्र मानिने बज्रबाराहीमा रहेको रिसोर्टले स्थानीय परिकारलाई विशेष प्राथमिकता दिएको जनाएको छ । पर्यटकिय क्षेत्र दामन पालुङको अवलोकन, नजिकका क्षेत्रमा पदयात्रा, भिलेज टुर, इन्द्रसरोबरमा बोटिङ, धार्मिक पर्यटकिय क्षेत्रको अवलोकन लगायतका प्याकेज राखेको होटल संचालनको ६ महिनामै पर्यटकको मन जितेको यस क्षेत्रका स्थानीयको भनाई छ । 
रिसोर्टले स्थानीय १० जनालाई रोजगारी दिएको संचालक ठकुरीको भनाई छ । नाकाबन्दीका कारण केही प्रभाव परे पनि अहिले व्यवसायमा सुधार हुँदै गएको जनाईको छ । राजधानीको कोलाहलबाट मुक्त हुन चाहने र तराई क्षेत्रका गर्मीका कारण शितलतामा रमाउन चाहने नेपाली र भारतिय पर्यटक रिसोर्टका मुख्य ग्राहक हुन भने विदेशीको समेत चासो बढेको संचालहको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार