Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडाद्वारा साढे २० करोड ऋण

Hetauda-Sahakari-1507377222.jpg

२१ असोज, हेटौँडा । हेटौडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई साढे २० करोड रुपैया ऋण लगानी गरेको छ । संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा अध्यक्ष ईन्द्र्रबहादुर बस्नेतद्वारा संस्थागत प्रतिवेदन, संस्थाका लेखा समितिका संयोजक रोहिणी प्रसाद गौतमले लेखा प्रतिवेदन, कोषाध्यक्ष रामजी प्रसाद पौडेलबाट लेखा परिक्षणको प्रतिवेदन, ऋण समितिका संयोजक विजय बहादुर बस्नेतले ऋणको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
संस्थाले साधारण सभामा २१ जना जेष्ठ शेयर सदस्यलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । संस्थामा आवद्ध २४ दम्पत्तिलाई समेत सम्मान गरिएको थियो ।  असल ऋणी, असल बचत कर्ता  उत्कृष्ट वाल बचत गर्ने शेयरहरुलाई सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्यका छोराछोरीहरुले एस.सि.ईमा ५ जना ए प्लस र २० जना ए ग्रेड ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । 
राष्ट्रिय सहकारी बैंक केन्द्रिय प्रबन्धक संचालक केपि उप्रेतीको प्रमुख अतिथ्यतामा एवं संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरमा अध्यक्ष बद्री प्रसाद लम्साल, जिल्ला बचत संघका लेखा संयोजक पुर्ण बहादुर खनाल, हेटौडा वडा ६ का अध्यक्ष अर्जुन प्र. चौलागाई, वडा ७ का अध्यक्ष राजन थापा, वडा ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ट, संजीवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रण बहादुर कार्की, जनकल्याण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, नवज्योती माविका अध्यक्ष हेम प्रसाद अधिकारी, नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार