Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

श्रीलङ्काका राष्ट्रपतिले बुधवार राजीनामा दिने 

_125848916_sssss-1657427445.jpg

२६ असार, हेटौंडा । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने भएका छन् । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 
त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि पदबाट राजीनामा दिने बताइएको छ । तर, उनले राजीनामा दिने मिति भने खुलाइएको छैन । गोटाबायाले सर्वदलिय सरकार गठनको बाटो खोल्नका लागि आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
लामो समयदेखि आर्थिक सङ्कटबाट जुँधिरहेको श्रीलङ्कामा हिजो प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेका थिए भने प्रधानमन्त्रीको घरमा आगजनी गरेका छन् । श्रीलङ्का संसदका सभामुख अभयवद्र्धना अस्थायी राष्ट्रपति बन्ने समाचारमा जनाइएको छ । 
यसैबीच, मानवअधिकार रक्षा वकिलहरूको एक समूहले श्रीलङ्काको सङ्कटले भयावह रुप लिन सक्ने भन्दै चेतावनी दिएको छ । श्रीलङ्काको प्रमुख मानवाधिकार रक्षा वकील भवानी फोनेस्काले श्रीलङ्कामा आर्थिक अवस्थाभन्दा पनि खराब स्थिति उत्पन्न हुन सक्ने बताएको बीबीसीले लेखेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

थप समाचार