Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भुकम्प पीडित अनुदान पारदर्शी वितरणको माग

Naya-Sakti-Gyapanpatra-1471934012.jpg

७ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्ननिर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला संयोजक प्रल्हाद लामिछानेले भुकम्प गएको १६ महिना वितिसक्दा पनि पीडितले आवश्यक सहयोग नपाएको भन्दै आपत्ति जनाएका छन् । ज्ञापनपत्रमा एकातिर बास्तविक पीडितले राहत पाउन ढिलाई भईरहेको र अर्कोतर्फ बास्तविक पीडितको नाम छुट्नुले सरकारप्रति गुनासो र आक्रोश बढाएको जनाईएको छ । नयाँ शक्तिले छुटेका भुकम्प पीडितहरुको नाम समेत समावेश गराई पारदर्शी ढंगबाट अनुदान वितरणका लागि अनुरोध गरेको छ । 
ज्ञापनपत्र बुझ्दै प्रजिअ विकले मकवानपुरमा अनुदान वितरणको प्रक्रिया अघि बढेको भन्दै नीतिगत समस्यालाई समाधान गर्दै निरन्तर काम भईरहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र पहिलो किस्ता रकम वितरण गर्न दिएको निर्देशन अनुसार नै काम अघि बढेको भन्दै स्थानीय तहमा देखिएका समस्या समाधानको काम पनि भईरहेको बताए । छुटेका भुकम्प पीडितका निवेदन सुनुवाईको पनि भईरहेको जानकारी दिंदै विवाद नरहेका पीडितलाई राहत वितरण गर्ने र विवाद रहेका विषयलाई पनि सम्बोधन गर्दै लैजानेतर्फ मकवानपुर प्रशासनले पहल गरिरहेको उनको भनाई थियो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जिल्लाका नेता एवं कार्यकर्ताहरु पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार