१५ साउन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जानकारी दिए ।
पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडावडामा छलफल भैरहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले बताए । यसका लागि १० जना वडास्तरीय र १ जना पालिकास्तरीय स्वयंसेवकले सम्बन्धित वडाहरुमा काम गरिरहेको उनले जानकारी दिए ।
पालिकाले बालमैत्री घोषणाको तयारी अन्तर्गत गएको साउन १० गते शिर्षक सरलिकरण र आचारसंहिता निर्माण कार्यक्रम सम्पन्न गरेको थियो । यसैगरि असार १३ र १४ गते पालिकास्तरीय बालमैत्री स्थानीय शासन रणनैतिक योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको गाउँपालिका हुनेछ । यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भैसकेका छन् ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् ।
दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराईएको हुनुपर्ने, एक बर्षभित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्त गरी पूर्ण खोपयुक्त घोषणा भएको हुनुपर्ने, ५ बर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ बर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्ने, गाउँपालिका/नगरपालिकामा कम्तिमा एक बाल उद्यानसहितको बालमैत्री सिकाई स्रोत केन्द्र सञ्चालनमा रहेको हुनुपर्ने लगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित बिषयहरु सूचकको रुपमा रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रबद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ/नगरपालिकाको वडालाई दिएको छ । यहि व्यवस्था बमोजिम अबको तीन महिनाभित्रमा वडा नम्वर २ र ३ लाई बालमैत्री वडा घोषणा गरिनेछ भने बाँकि वडाहरु पालिका घोषणा भएकै दिनमा बालमैत्री घोषणा गरिने पालिकाको तयारी छ ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...