Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

१९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 

Acc-Cricket-1510399409.jpg

२५ कार्तिक, हेटौँडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा शनिबार भएको आफनो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ४० ओभरमा एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर भेट्टाएको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट लिएपनि त्यसपछिको चार बलमै बंगलादेश विजयी भयो ।
नेपालका कमल सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए । बंगलादेशका नइम शेखले ५२ तथा अफिफ हुसेनले ३३ रन जोडे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । नेपालका लागी भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन बनाएका थिए ।
‘डकवर्थ लेविस’ नियमका आधारमा बंगलादेशलाई ४० ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो ।
यो हारले भने नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । समूह ‘ए’बाट यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो । आइतबार नेपालको भिडन्त भारतसँग हुनेछ । नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनल यात्राको ढोका खुला हुनेछ ।
यस्तै, अर्को समूहबाट लगातार दुई जित हासिल गर्दै श्रीलंका सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको श्रीलंकाले शनिबार दोस्रो खेलमा अफगानिस्तानलाई ६१ रनले पराजित गरेको छ ।

Acc-Cricket1-1510399409.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार