Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना

उपचारको लागि सहयोग गरिदिन आग्रह

Sumina-1510483101.jpg

२६ कार्तिक, हेटौँडा । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
मकवानपुर जिल्लाको साविक बकैया गाउँपालिका, कर्मचुली स्थायी निवासी निरु थिङको १८ वर्षीया छोरी छोइसाङ अहिले सिविल निजामति कर्मचारी अस्पताल नयाँ बनेश्वरमा थप उपचारको लागि भर्ना भएकी छिन् ।
उपचारमा खटिएका डाक्टर अनुसार ब्लड क्यन्सर  भएको हुनाले हरेक हप्ता रगत चढाईरहनु परेको छ । ६ महिना सम्म किमो थेरापीबाट रोग कन्ट्रोल गरि बोन टा«न्सफर गर्नुपर्ने भएकोले रकम जुटाउन आफ्नो घर परिवारले नसक्ने भन्दै उनले सहयोग मागेकी हुन् ।
उनले सहयोग अपिल पत्रमा हस्पिटलको  शैंयामा छटपटाउदै पलपल मृत्युको पखाईमा दिनदिनै कम्जोर  बन्दै गएको कुरा बताएकी छिन् । उनले सहयोग अपिलमा लेखेकी छिन्–‘आर्थिक अभाबको कारण म अब मर्दै छु भन्ने जानि जानि बाँच्नुको पिडा अत्यन्तै दुःखद र हृदयविदारक लाग्दो रहेछ केहि गरौँ भन्ने उर्जावान उमेर मै रोगद्वारा ग्रसित  भै तड्पिनु बाहेक मेरो अर्को विकल्प भएन त्यसैले अन्तिम अपिल देश बिदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा मलाई चिन्ने नचिन्ने आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा जिबनको भिख माग्दै यथा सग्दो आर्थिक सहयोगको लागि सादर विनम्र अनुरोध गर्दछु ।’
११ कक्षामा पढ्दै गरेकी उनले उनका बुवा निरु थिङले जतिसक्दो दैनिक हजारौँ खर्च ऋण गरेर भए पनि उपचार गर्ने प्रयाश गरिरहेको तर त्यति गर्दा पनि रोग रोकथाम गर्न मात्रै सकिएको र बोन ट्रान्स्फरको लागि खर्च नजुटेको बताएकी छिन् । स्वईच्छिक रुपमा उनका बुवाको बैँक खाता नम्बर ४६०७०१०००२८७७ (ग्लोबल आईएमई, हेटौँडा शाखा) मा सहयोग गर्न सकिने उल्लेख गरेकी छिन् । साथै अन्य देश विदेशमा रहेका सबैलाई पनि उनले सहयोग गरिदिन आग्रह गरेकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार