अपडेट – २८ कार्तिक, हेटौँडा । मकवानपुरमा आज भएका छुट्टाछुटुटै घटानमा ६ जनाको मृत्यु भएको छ । एक युवाले आज (मंगलबार) साँझ ६ बजे अन्धधुन्द खुकुरी प्रहार गर्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनामा ३ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षिया सुमन बराईलीले खुकुरी प्रहार गर्दा उनका छिमेकी मनहरी ७ विजौनाका ५२ वर्षिय सिताराम धिताल, उनका १६ वर्षका छोरा सुदन धिताल र ६५ वर्षका अर्का छिमेकी जित बहादुर भ्लोनको मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट घाईते भएका सिताराम धितालको मनहरी हेल्थपोष्ट उपचारकोक्रममा मृत्यु भएको हो । घटनामा घाईते अन्य दुईजनाको थप उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए ।
यस्तै आजै (मंगलबार)साँझ त्रिभुवन राजपथको सामरी सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्युभएको छ । दुर्घटनामा पैदलयात्री हेटौंडा उपमहानगरपलिका १४ बस्ने १५बर्षीय आकास लोप्चनको मृत्यु भएको हो । उनलाई ना ६ ख १०५१ नम्बरको ट्याक्टरलाई सामरी पुलमा ठक्कर दिँँएको प्रहरीले जनाएको छ ।
यसैगरी आज (मंगलबार) नै दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताउनुभयो ।
फोटोः पत्रकार शिवकुमार काशीको फेसबुकबाट
२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...
२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...
२२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...
२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...
२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...
२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल...
२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...
२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...
२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...