Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यस्ता छन् बामगठबन्धन मकवानपुरको प्रतिबद्धता 

pratibaddata-patra-1510922961.jpg

१ मंसिर, हेटौंडा । नेकपा एमाले मकवानपुर र नेकपा माओबादी केन्द्र (बामगठबन्धन) मकवानपुरले आप्mनो चुनावी संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजनिक गरेको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओबादि केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले संयुक्तरुपमा सार्बजानिक गरेका हुन् । 

बामगठबन्धनले प्रदेश स्तरमा ८ वटा तथा जिल्ला स्तरमा ३२ वटा बिभिन्न बिकास निर्माणका तथा अन्य महत्वपुर्ण कार्य गर्ने गरी प्रतिबद्धता पत्र सार्बजानिक गरीएको छ । जिल्ला स्तरमा हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौंडा–धरान–चतरा लोकमार्ग निर्धारीत समयमा नै सम्पन्न गराउन सरकार तथा ठेकेदार कम्पनीलाई दबाब दिई गर्न लगाउने, २५ मिटर सडक सन्दर्भमा मुआब्जा दिएर मात्र बिस्तार गराउने कुरा दृढ रहने र मुख्य बाटो बजार भन्दा पनि बैकल्पिक मार्ग निर्माण गर्ने, हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ मार्गलाई स्तरीकरण गरी नेपाल सरकारको लगानीमा भिमफेदी र कुलेखानी जोड्न पहल गर्ने, फापरबारी–राईगाउँ–क्याण्टिन सडक निर्माण सम्पन्न गराउने, हेटौंडा १९ बस्तीपुरबाट मनहरी ३, भुन्दु्रङ जोड्ने र हेटौंडा ११ नबलपुरबाट हेटौंडा १२ गुरौबिर्ता जोड्न राप्तीमा पक्की पुल निर्माण गर्ने, बसामाडि–लेबट–बस्तीपुर–नेवारपानी चक्रपथ निर्माण लगायतका योजना प्रतिवद्धतामा उल्लेख छ । 

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमाले मकवानपुरका अध्यक्ष एबम् बामगठबन्धनका निर्बाचन परीचालन संयोजक मुनु सिग्देल, सहसंयोजक बलराम बल, क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, पुर्ब साँसद सुबासचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उमप्रमुख भगवती पुडासैन, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईलगायत सहभागि थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार