३ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको श्रीरामजानकी मन्दिरमा श्रीमद्भागवत रामनाम लक्ष्य हवन धान्याञ्चल महायज्ञ आइतबारबाट शुरु भएको छ । मंसिर ११ गतेसम्म चल्ने महायज्ञको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले उद्घाटन गरेका हुन् ।
महायज्ञको उद्घाटन गर्दै थापाले हिन्दु धर्मको जर्गेनाको निम्ती यस्ता खालको महायज्ञको आवश्यकता रहेको बताए । मूल समारोह समितिका संयोजक शिवप्रसाद नेपालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइराला, मूल समारोह समितिका सहसंयोजक तथा उपवाचक बद्री प्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञको पहिलो दिन नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति हेटौंडा–८ कमानेका ताराप्रसाद चौलागाईंले ११ हजार ५ रुपियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाले व्यक्तिगत ५१ हजार १ सय ११ रुपैँया, र वडाको तर्फबाट १ लाख १ हजार रुपैँया सहयोग हस्तान्तरण गरेका थिए ।
महायज्ञ उद्घाटन अघि शोभायात्रा समेत गरिएको थियो । हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल मन्दिरबाट घडामा जल बोकेर श्रद्धालु भक्तजनहरु महायज्ञ परिसर पुगेका थिए । महायज्ञमा बद्री विशाल शास्त्रीले कथा वाचन गरिरहेका छन् ।
१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...
१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय...
१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...
१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...
१५ बैशाख, हेटौंडा। नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...