Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङमा आज हाटबजार संचालनमा आउदै,११ बजे उद्घाटन

FB_IMG_1676253452303-1676253640.jpg

१ फागुन,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा  आजबाट हाट बजार संचालनमा आउने भएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्न राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालन गर्न लागेको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको हो।  राक्सिराङ ५ स्थित चैनपुरमा फागुन १ अर्थात आजबाट नियमित हाट बजार सुरु गर्न लागिएको  राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्। ' हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सञ्चालन गर्ने योजनाका साथ सुरुवात गर्न लागिएको हो'-  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने  । 

हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्त स्थानीय उत्पादनको प्रवद्र्धन र खरिद बिक्री गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए ।   

रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानी खानाका परिकारका परिकार गरी २० वटा स्टल राखिनेछन् । हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक १ गतेसम्म स्थगन
Screenshot_20240510_18150-1715344226.jpg

२८ बैशाख, हेटौंडा।  प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...

’बर्ड फ्लु’ मानिसबाट मानिसमा नसर्ने डब्ल्यूएचओको दावी
Capture-1715342380.JPG

२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...

मकवानपुरमा एकहजारका नक्कली नोटसहित ५ जना पक्राउ
thumb-1715342146.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...

श्रीमतीको अश्लिल भिडियो सामाजिक सञ्जालमा हाल्ने मकवानपुरका एक युवक पक्राउ
arrested-1715335019.jpg

२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार