Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम: क्लिन स्कुल ग्रिन स्कुलदेखि कैलाश अस्पतालसम्म

Screenshot_20230622_13455-1687420936.jpg

७ असार, हेटौंडा । कैलाश गाउँपालिकाले आगामी २०८०।८१ को आर्थिक वर्षमा 'क्लिन स्कुल ग्रिन स्कुल' देखी एम बि बि एस डाक्टर सहितको कैलाश अस्पताल संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ । 

आज बिहीबार  गाँउपीलिका केन्द्र कालिकाटारमा बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।

मोक्तानका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।गाउँपालिकाले गिठ्ठा भ्याकुर जस्ता कन्दमुलरुको उचित संरक्षण गरी यसको विकाश र बजारीकरणमा जोड दिइने निती तथा कार्यक्रममा उल्लेख गरिएको बताए । 

त्यसैगरी शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्लिन स्कुल ग्रिन स्कुल कार्यक्रमको लागी वृक्षारोपण गरी विद्यालय शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई विकास गरिने र स्वास्थ्य क्षेत्रमा एम बि बि एस डाक्टर सहित भिडियो एक्स-रे सहित कैलाश अस्पताल यसै वर्षबाट संचालनमा ल्याइने  जनाइएको छ । 

त्यसैगरी स्वच्छ र सफ़ा पिउने पानी : स्वास्थ्य जिन्दगीनी भन्ने नारालाई सफल गराउन गाउपालिकाको सबै बस्ती र समुदायमा एक घर एक धारा नीति अनुरूप सफ़ा र स्वच्छ पीउनेपानीको व्यवस्था गरिने जनाइएको छ । 
पालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सम्पदा, मठ मन्दिर,गुम्बा र पर्यटकीय सम्पदाको पुनः निर्माण र संरक्षण गरिने उल्लेख गरिएको छ । खेलकूद तथा मनोरंजनाका लागि गाउपालिका स्थरिय अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।

Screenshot_20230622_14273-1687423492.jpg
Screenshot_20230622_14275-1687423492.jpg
Screenshot_20230622_14281-1687423494.jpg
Screenshot_20230622_14282-1687423494.jpg
Screenshot_20230622_14284-1687423528.jpg
Screenshot_20230622_14290-1687423528.jpg
Screenshot_20230622_14291-1687423529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार