Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बागमती प्रदेश प्रहरीको दश प्रमुख लक्ष्यः कफी खेतीदेखि पुस्तकालयसम्म

bagmati-police-1691582653.JPG

सुनिल शिवाकोटी

२४ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मातहतका प्रहरी कार्यालयसँग आर्थिक बर्ष २०८०। ०८१ का लागि दश प्रमुख लक्ष्य सहित १४ वटा प्रहरी कार्यालयसँग कार्य सम्पादन गरेको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आर्थिक बर्ष २०८०। ०८१ का लागि गरिएको कार्य सम्पादनको बारेमा जानकारी गराएको हो ।

पत्रकारसँगको अन्तरक्रियामा प्रदेश प्रहरी प्रवक्ता समेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालय र यसको मातहतका कार्यालयले गत आर्थिक बर्षको घटनाको अवस्थाका,अपराध नियन्त्रण,भन्सार छलेर ल्याएका सामान नियन्त्रणा लिएको,सवारी दुर्घटना, हत्या अपराध,बलात्कारका घटना, जजक,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी गराएका थिए ।  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर,चितवन, धादिङ, नुवाकोट, रसुवा ,काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखाका प्रहरी प्रमुखसँग र बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौँडा,रातोमाटेसंग कार्य सम्पादन करार सम्झौता गरिएको जनाइएको छ । 
प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले आर्थिक बर्ष २०८०।०८१ का लागि गाँजा खेतीलाई निरुत्साहित गर्न कफी खेती देखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षामा पुस्तकालय सम्मको १० प्रमुख लक्ष्य सहित कार्य सम्पादन गरिएको  बताए । साथै बागमती प्रदेश प्रहरी कार्यालयले १० प्रमुख लक्ष्य पुरा गर्न ७९ वटा क्रियाकलाप निर्धारण गरिएको जनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल,महासचिव कृष्ण सारु मगर,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, विभिन्न जिल्ला र प्रहरी तालिम केन्द्र र गणका प्रहरी प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा लगायत मकवानपुरमा क्रियाशील विभिन्न संचार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागि पत्रकारले जिल्ला तथा प्रदेशका अन्य जिल्लामा नेपाल प्रहरीको भुमिका र अवस्थाको बारेमा डिआइजी राणालाई अवगत गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार