Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लम्पी स्किन नियन्त्रणका लागी आजबाट प्रदेशभर खोप अभियान

ff-1691630517.JPG

२५ साउन, हेटौांड । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गाई तथा भैंसीमा देखिएको लम्पीस्किन रोगको महामारीलाई नियन्त्रण गर्न आज बिहीबारबाट सप्ताहाव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । 
प्रदेशभर आज विहीबारदेखि ३१ गते बुधबारसम्म पछिल्लो समय गाई तथा भैंसीमा देखिएको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर खोप अभियान सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी मन्त्रालयले जानकारी दिएको हो ।
एकहप्तामा प्रदेशका १३ जिल्लाको विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्रमार्फत् खोप लगाइने मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार यस अभियानअन्तर्गत् ५० हजार खोप लगाइनेछ । 
यस अभियान प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ९१ वटामा सञ्चालन गरिनेछ । वाग्मती प्रदेशभर करिब २ लाख ५ हजार पशु यस रोगबाट प्रभावित भएका छन् । हालसम्म करिब ६२ सय पशुको यस रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । 
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले लम्पीस्किनले महामारीको रुप लिइरहेको अवस्थामा अझै धेरै पशुमा संक्रमण हुने सम्भावना बढेको कारण सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए । 
उनले यस क्रममा रोगबाट प्रभावित गाई तथा भैंसीलाई खोप नदिइने बताए । ‘यस रोगको संक्रमण फैलिएको स्थानमा खोप अभियान सञ्चालन गर्दा धेरै पशुको मृत्यु हुनसक्छ । त्यसकारण नफैलिएको स्थानमा अभियान गर्न लागिएको हो ।’, उनले भने ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

थप समाचार