Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शिक्षा विधेयकमा सुझाव सहित विव्यस महासंघको ध्यानाकर्षण

ffda-1692062648.jpg

३० साउन, हेटौंडा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ५ बुँदे सुझाव सहित सोमबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले देशव्यापीरुपमा प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमार्फत संघीय सरकारको शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो तर्फबाट ५ बुँदे सुझाव पेश गरेको हो । 
सोमबार हेटौंडामा महासंघका सचिव मोहमद समीमको नेतृत्वमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सचिव समीमले विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेको, विद्यालय संचालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने भएकाले विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए । उनले सरोकारवालासँग छलफल र परामर्श बिना नै विधेयकको मस्यौदा तयार पारिएकोले यसको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाउँनुरेको बताए ।
ध्यानाकर्षण पत्रमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने भएकाले संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय नै लेख्नुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक नै हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिको पदावधी पाँच वर्षको हुनुपर्ने, विद्यालयको प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था हुनुपर्ने जस्ता सुझाव सहित महासंघले ध्यानकर्षण पत्र बुझाएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार