Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भरतपुरमा खुल्यो आरम्भ कलेज, विद्यार्थीलाई १ लाख बराबरको छात्रवृत्ति

ak-colage-1692117886.jpg

३० साउन,हेटौँडा । मध्य तराईको चितवन जिल्लाको मुटु भरतपुरमा आरम्भ कलेज खुलेको छ । फरक शैली र फरक प्रणालीको आधारमा सरकारको पढ्दै कमाउँदै भन्ने नीतिलाई आत्मसाथ गर्दै यसै बर्षबाट आरम्भ कलेज संचालनमा आउने भएको हो ।यस बर्षको भदौबाट भरतपुर महानगरपालिका वडा नम्बर–११  बाइपासरोड स्थित नहरचोकमा दुई वटा भवनबाट कक्षा संचालनको तयारी गरेको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बताएका छन् ।  
कलेजको स्थापना भएसँगै चितवन,मकवानपुर,नवलपुरका विद्यार्थीले उच्च शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने प्रिन्सिपल शिवाकोटीको दावी रहेको छ । लामो समय कलेज सञ्चालनको अनुभव गरेका व्यक्तीको टिमबाट संचालन गरिएको कलेजमा पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १÷१ लाख बराबरको छात्रवृत्ति समेत प्रदान गरिने शिवाकोटीले बताए । 
“हाम्रो टिम फरक शैली र गुणस्तरीय शिक्षाका लागि कटिबद्ध छ,पहिलो बर्ष अफर स्वरुप छात्रवृत्ति घोषणा गरेका हौ, एक करोड बत्तीस लाख बराबरको छात्रवृत्ति प्रदान गर्छौ”। – प्रिन्सिपल शिवाकोटीले भने । 
देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने कलेजले जनाएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल हरेको र विद्यार्थीलाई शैक्षिक भ्रमण र अवलोकन कार्यलाई प्राथमिकतामा राखिएको जनाइएको छ । चितवन सहित बागमती प्रदेशकै अब्बल शैक्षिक क्षेत्रको रुपमा स्थापति हुने कलेजले दाबि गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार