Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी शुरुवात

Womens-Cricket-Nepal-1692695865.jpg

फाइल तस्बिर

५ भदौ, काठमाडौं । चार देश सहभागी भएको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ नेपालविरुद्ध पहिले ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनायो ।
८५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६ रनको नटआउट इनिङ खेल्दा ओपनर तथा अलराउन्डर पूजा महतोले १६ रन बनाइन्।
त्यस्तै, रविना क्षेत्री १० रनमा आउट हुँदा सीता रानामगर ३ रनमा अविजिति फर्किइन्। त्यस्तै, इन्दु वर्माले ९ रन बनाएकी थिइन्। विन्दु रावल भने शून्य रनमा आउट भइन्। हङकङका लागि इक्रा सहार, मारिको अओटा, विवी मर्याम र का यङ्ग छनले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि यिङ चनले सर्वाधिक ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा सिङ यन दोरोथिए छनले १६ रन बनाइन्। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान १-१ विकेट लिए। आईसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टी-२० सिरिज भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार