Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षारोपण

gg-1692840062.jpg

७ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो । 
वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण गर्न सबै सँग आग्रह गरे । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक रहेको उनको भनाई थियो । 
अहिले दार, विजय साल, सादन लगायतका प्रजातीहरु लोप हुदै गएको र यसको संरक्षण गरि भावी पुस्तालाई उपहार दिनुपर्ने बताउदै सचिव दाहालले लोप हुन लागेका प्रजातीको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधी, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गरे । लोपोन्मुख प्रजातकीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । 
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताए । बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले दारको गोडमेल गर्ने कार्यमा गाउँपालिकाले सहयोग गर्ने बताए । 
कार्यक्रममा डिभिजवन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । 
कार्यक्रममा बकैया गाउँपालिका–१२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुरगढीका प्रमुख डटेन्द्र गाले, शिवम सिमेन्टका अच्युत अधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो । 
दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा १ हजार दारको वृक्षारोपण गरिएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार