Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भ्रष्टाचारीमा प्रधानन्त्री कै नाम आएपनि छानविन हुने 

janardan-sharma-press-mee-1693354600.jpg

१३ भदौ, हेटौंडा । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै नाम आएपनि छानविन हुने दावी गरेका छन् । 
भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा जोडिएका माओवादी पार्टीका नेताहरु माथि पनि छानविन गर्नुभन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन भएको बताएका छन् । 
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले तथ्य र प्रमाण पुगेको खण्डमा राज्यका अनुसन्धान गर्ने निकायले सरकारको नेतृतव गरिरहेको दल वा अन्य कोहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रधानमन्त्री प्रचण्डले सम्बन्धीत निकायलाई निर्देशन दिएको उनले बताए ।
‘सम्भवत् नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ । तथ्य र प्रमाण पुगेको खण्डमा जो केही माथि पनि अनुसन्धान हुन सक्छ । पुष्ट भए कारवाही पनि हुन्छ ।’ उनले भने ।
भ्रष्ट्राचार विरोधी अभियान अन्तर्गत विभिन्न प्रकरणहरु माथि छानविन गर्ने प्रक्रिया जारी रहेको उनले बताए । राज्यका निकायहरुले गरेको छानवीन तथा अनुसन्धानलाई प्रभाविपत पार्नेगरी भ्रम सृजना गर्ने काम भइरहेको उनले बताए । भ्रष्ट्राचारका प्रकरणहरुलाई राजनीति करण गर्ने काममा विभिन्न माध्यमबाट भइरहेको उनको भनाई छ ।
उनका अनुसार निकायगत रुपमा सुन तस्करीका घटना अर्थ र गृह मन्त्रालयसंग जोडिएको भएपनि घटनासंगको संलग्नता पुष्ट गर्न तथ्यहरु प्रमाणित हुन जरुरी रहेको छ । सो विषयमा छानवीन तथा अनुसन्धान गर्न लामो समयको संसदको अवरोध पश्चात उच्च स्तरिय समिति पनि गठन भएको र सिआइवीेले पनि छानवीन गरिरहेकाले थप तथ्यहरु माथि अध्ययन हुने भएकाले घटनाको वास्तविकता प्रष्ट हुने उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार