Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला गोष्ठी

370716225_101207880688455-1693407936.jpg

सुनिल शिवाकोटी

१३ भदौ,हेटौँडा । हेटौँडामा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता र मध्यावधि प्रगति समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । 
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर नरविक्रम थापाको अध्यक्षतामा भएको गोष्ठीमा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर किरण गजुरेलले दिगो विकास लक्ष्यहरूको स्थानीयकरणका प्रयासहरू, नेपाल सरकारमा पुर्व सचिव डाक्टर गणेशराज जोशीले  बागमती प्रदेश नीति तथा योजना आयोग, दिगो विकास लक्ष्यहरूलाई तीव्रता दिने दृष्टिकोणको रूपरेखा बारेमा प्रस्तुतिकरण दिएका थिए । त्यसैगरी गोष्ठीमा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधिको कार्यालयका आर्थिक तथा दिगो विकास सल्लाहाकर सुभाष नेपालीले नेपालको दिगो विकास लक्ष्यहरूको अवस्थाको तथ्याङ्कीय सारसंक्षेप बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता, जलवायु परिवर्तन, विकास वित्त,रोजगारी र सामाजिक सुरक्ष, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थ्य,दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्वन्धी कार्यशाला, रोजगारी र सामाजिक सुरक्षा लगायतका बिषयमा कार्यक्रममा सहभागिहरु बिच सामुहिक छलफलको आयोजना गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्व्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, जिल्ला समन्व्य समितिमकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सचिव बलराम निरौला, नेपाल नगरपालिक संघका अध्यक्ष तथा निलकण्ठ नगरप्रमुख भीम ढुंगाना,नेपाल नगरपालिक संघकी सह–कोषध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा , गाउँपालिका राष्ट्रिय महासंघका सदस्य तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान,बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने,मकवानपुरगढी गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायत अन्य पालिकाका जनप्रतिनिधि, बागमती प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी,विभिन्न संघ संस्थाका प्रतिनिधी,संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०२३ सेप्टेम्बरमा हुने दीगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा नेपालको दीगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्न,सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रताका लागि हेटौँडामा सरोकारवाला निकायसंगको सहभागितामा गोष्ठीको आयोजना गरिएको संगठनका संचार विज्ञ सुमन गिरीले बताएका छन् । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले बागमती प्रदेशका धादिङ्,सिन्धुपाल्चोक,काभ्रे,दोलखा र सिन्धुलीमा काम गर्दै आएको संगठनका संचार विज्ञ गिरीले जनाएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

थप समाचार