१५ भदौ, काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपक्षीय जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमा नै लक्ष्य पूरा गरेको थियो ।
मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो ।
बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन्। नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्यमा आउट भएका थिए ।
नेपालको जितमा इन्दु बर्माले ३ विकेट लिंदा लेग स्पिनर खुशी डंगोलले २ विकेट लिइन्। त्यस्तै कविता कुँवरले १ विकेट लिँदा पुजा महतो र रुविना क्षेत्रीले पनि समान १-१ विकेट लिएका थिए।
३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन्। त्यस्तै सीताराना मगर ३ बलमा २ रन बनाउँदा नेपालले जित हासिल गरेको थियो।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले अव आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।
समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि-२० विश्वकप खेल्न पाउनेछन् ।
२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...
२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...
२२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...
२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...
२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...
२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल...
२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...
२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...
२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...