Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सूचना टाँसेर स्थगित बैठक २० गते बस्ने

faa-1693876645.JPG

file photo


१९ भदौ, हेटौंडा । बागमती प्रदेश सभाको सोमबारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बैठक अब भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ ।
दुई महिनापछि सोमबार दिउँसो साँढे एक बजेका लागी तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलहरुले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । 
प्रदेश सभा बैठकको कार्यसूचि तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदहरुले सरकारले विगतमा गरको सहमती कार्यान्वयन नगरेको भन्दै सदन चल्न नदिने चेतावनी दिएका थिए ।
बैठकको कार्यसूचि तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो । 
तर त्यसबिचमा पनि दलहरुबिच सदन सञ्चालनका बिषयमा सहमती जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
प्रवक्ता गुप्ताका अनुसार प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सदन सञ्चालनका लागी दलहरुबीच पटक  पटक छलफल चलाएपनि सहमती हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागी सरकारले विगतमा सरकारले गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । एमालेका एकजना सांसदले यसअघि सरकारले बजेटमा बिपक्षी दलहरुको माग सम्बोधन गर्ने सहमती गरेपनि पालन नगरेका कारण समस्या भएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार