Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पार्टी बलियो बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छः एमाले नेता ज्ञवाली

UML-Makawanpur-1694174651.jpg

२२ भदौ, हेटौंडा । नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य एवं मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले पार्टीलाई बलियो बनाउनको लागि नेता तथा कार्यकर्ताहरुले त्याग गर्न तयार हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले मकवानपुरको १० औँ जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नेहरुलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियो बनाउनु पर्ने भन्दै पार्टी कामको जिम्मेवारी सहमति र समजदारीका साथ लिनको लागि बैठकमा निर्देशन दिए ।
उनले जनविरोधी शक्तिहरूको घेराबन्दीको बीचमा राष्ट्र र जनताको पक्षको दृढतापूर्वक उभिएको एउटा मात्र पार्टी एमाले भएकोले एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेको र पहिलो पार्टी बनाउने सारथि बन्न पर्नेमा उनले जोड दिए ।
कार्यक्रमका आवसरमा नेकपा एमाले जिल्ला कमिटिका सचिव नविन सिग्देलले आगामी असोज ८ र ९ गते काठमाण्डौँमा हुने प्रथम् बागमती प्रदेश अधिवेशनको लागि जिल्लामा रहेको ११ हजार ६ सय ८४ पार्टी सदस्य बाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाको व्यवस्था भएको र करिव १ सय जना प्रतिनिधि चयन हुने जानकारी दिए ।
उनले पालिकाको १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रको प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनौट केन्द्र रहने बताए । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनौट हुनेसचिव सिग्देलले बताए ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीकासदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार