३० भदौ, हेटौंडा । भदौ २७ गते बुधबार भएको चिकित्सक कुटपिट घटनामा संलग्न रहेको अभियोगमा हेटौंडा १२ का दुईजना विरुद्ध जिल्ला प्रहरी कार्यलय मकवानपुरमा किटानी जाहेरी परेको छ ।
नेपाल चिकित्सक संघले शुक्रबार बिहान् हेटौंडा १२ का २९ बर्षिय अनुप प्रधान र १९ बर्षिय रोहित प्रधानविरुद्ध किटानी जाहेरी दिएको हो । उनिहरुलाई हेटौंडा १ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ ।
यस्तै घटनामा संलग्न रहेको अभियोगमा बिहीबार नै हेटौँडा १२ कै रमा प्रधान र रमिता प्रधानलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत साउन २५ गते सन्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारीमाथी उनीहरुले कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए । जाहेरी नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले दिएका हुन् ।
जहारीमा घटनमा संलग्न देखिएका सबैजनालाई चाँडोभन्दा चाँडो पक्राउ गरी प्रचलित कानुन अनुुसार कारबाही गर्नुपर्ने माग गरिएको प्रवक्ता भण्डारीले बताए ।
यसैबिच प्रहरीले चिकित्सक कुटपिट घटनामा पक्राउ परेका चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गराएको छ । पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गरिएको प्रवक्ता भण्डारीले जाननकारी दिए ।
उनले घटनामा संलग्न भएका अन्यलाई सिसिटिभी फुटेज र पक्राउ परेकाहरुको बयानको आधारमा पक्राउ गर्ने बताए । प्रहरीले टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेको उनको भनाई छ ।
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...
६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...