Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा अस्पतालका ७९ जनाले बुझाए राजिनामा 

Capture-1694824087.JPG

३० भदौ, हेटौंडा । बुधबारको घटनाले काम गर्ने वातावरण नरहेको भन्दै हेटौंडा अस्पतालमा कार्यरत ७९ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सामुहिक राजिनामा दिएका छन् ।
उनीहरुले स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले सामुहिक राजीनामा बुझाएको जनाएका छन् । उनीहरुले अस्पतालका मेसु डाक्टर सापकोटालाई राजिनामा बुझाएका हुन् ।
घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही नगरे डा. सापकोटा आफुले समेत उक्त राजीनामा पत्रमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताए ।
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले स्वास्थ्य संस्थाहरु बन्द गरेर आन्दोलन गर्दा धेरै सेवाग्राही मर्कामा पर्ने भएकाले चिकित्सकहरुलाई आफनो काममा फर्किन आग्रह गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै प्रजिअ सेढाईँले चिकित्सकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।
यस्तै उनले चिकित्सकलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले गलत गर्ने कसैलाई पनि नछोड्नो दावी गर्दै चिकित्सकहरुमाथीको कुटपिटको घटनालाई आफुले गम्भिरतापूर्वक लिएको बताए ।


घटनाको बिरोधमा हेटौंडाका स्वास्थ्य संस्थाको आकस्मिक बाहेक सबै सेवा बन्द 
चिकित्सक कुटपिट घटनाको बिरोधमा शुक्रबार हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको छ । 
हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मीक बाहेका सबै सेवा प्रवाह बन्द गरिएको हो । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले पनि शुक्रबार आकस्मीक र फार्मेसि बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हेटौंडा अस्पतालका मेसु डाक्टर रामचन्द्र सापकोटाले बताए ।
बुधबारको घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्न सक्ने मनस्थितिमा नरहेका उनको भनाई छ । घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहे पनि ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द रहेको डा. सापकोटाले जानकारी दिए । 
डाक्टर सापकोटाले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले तदारुकता नदेखाउँदा स्वास्थ्यकर्मीहरू त्रासमा रहेको दाबी गरे । उनले घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म आफूहरू पूर्ण रूपमा काममा फर्कन नस्कने बताए  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

थप समाचार