१८ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलाको सिद्धकालीमा आज बिहीबारबाट दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । उद्घाटन खेल जनसिद्ध युवा क्लवको ए र मोडर्न युवा क्लवको बीचमा हुने भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाले जानकारी दिए । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा हुँदै आएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकाउटको आधारमा हुने खुला प्रतियोगितामा आयोजक सहित मोडर्न युवा क्लव, पदमपोखरी फुटबल एकेडेमी, जन आदर्श युवा क्लव, सूर्योदय युवा क्लव, कोशेली युथ क्लव, एफसी राप्ती चितवन, एफसी लामिटार, मनहरी २ खेलकुद विकास समिति, आरआर वाइसी पाल्दमार, मनहरी इसाइ समाज, बुद्ध एफसी च्यापल, मिलन युवा क्लव र परेलु एफसीको सहभागिता रहेको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत उत्कृष्ट खेलाडी तथा हरेक खेलको म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजक जनसिद्ध युवा क्लवले जनाएको छ ।
खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्धसँगै फुटबलको विकास र चाडपर्वको शुभकामना आदानप्रदानको लिागि प्रतियोगितालाई निरन्तरता दिँदै आएको अध्यक्ष लामाले बताए । मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता निरन्तरताको लागि सहयोग गर्दै आएको जानकारी दिए ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...