Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

Screenshot_20231019_13225-1697701097.jpg

२ कार्तिक, हेटौंडा । नेपाली टोली एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९.१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सक्यो ।  मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।
अर्जुनले एक सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका हिर्काएका थिए । नेपालले पहिलो विकेट ७१ रनको कुल स्कोरमा गुमाएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउँदै आउट भएका थिए ।  त्यसपछि अर्जुन र आकाश त्रिपाठीले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय ६० रनको बलियो स्थितिमा पुर्‍याएका थिए । आकाश केवल ११ रनका कारण सतक पुरा गर्नबाट चुके । उनले टोलीको खातामा ८९ रन थपे ।
पेभेलियन फर्किनुअघि आकाशले ९८ बलको सामना गरी दुई छक्का र ६ वटा चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्ब्रे पनि १४ बलमा १४ रन बनाउँदै आउट भए ।  विशालबिक्रम केसीले अविजित २४ रन थपे । उनले १८ बलमा तीन चौका पनि हिर्काए । मिलन बोहराले पनि नौ रन बनाए । दीपेश कँडेलले १४ रन जोडे । उनले ११ बलमा एक छक्का पनि हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो । 
साउदी अरेबियाका बलर मुहम्मद अहमद राजाले दुई विकेट लिएका थिए । मुहम्मद चायुर अहमदले पनि दुई विकेट लिएका थिए । अब्दुल्लाह सिराज, जुहाइर मुहम्मद र साजिब मजिबर रहमानले पनि एक—एक विकेट हात पारे ।  ठूलो विजयलक्ष्य पछ्याएको साउदीका एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । साउदीका लागि वरुण मुदालियरले सर्वाधिक ११ रन बनाए । अब्दुल्लाह सिराजले नौ रन बनाए । ओपनर रायन खान तीन र मोहम्मद अक्विल शून्य रनमै पेभेलियन फर्किएका थिए । 
नेपाली टोलीका बलर दीपेश कँडेल एक्लैले ६ विकेट लिए । उनले ९.१ ओभर बलिङ गर्दै केवल १८ रन खर्चिएका थिए । आकाश चन्दले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा १४ रन खर्चिए । सुवाष भण्डारीले एक विकेट लिए ।  जारी प्रतियोगितामा यो नेपालको तेस्रो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो । 
प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । तालिकाको पहिलो स्थानमा रहेको नेपालले आफ्नो तीनवटै खेलमा जित हात पार्दै ६ अंक बटुल्यो । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु-१९ एसिया कपमा छनोट हुनेछन् । 
छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु-१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार