Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश

20231021_164203-1697885910.jpg

४ कार्तिक, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।
हङकङका लागि अन्सी रथले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक बाबर हायतले २० तथा अजिज खानले २५ रन बनाए। त्यस्तै स्कट म्याकचिनीले ११ रन बनाउँदा हरुन अर्सदले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। उच्च स्कोर बनाउने क्रममा नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि विश्व कीतिमानी १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई उच्च लक्ष्य दिएका थिए। मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी सम्भव बनाएका थिए।
यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए।
नेपालको उच्च लक्ष्यमा कुशल मल्ल ९२ तथा दिपेन्द्र सिंह ऐरीले ५७ रनको इनिङ खेलेका थिए। त्यस्तै आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रन बनाए। हङकङका लागि हरुन अर्सद, मोहम्मद घजानफारले २-२ विकेट लिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार