Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईको कब्जामा

20231027_181118-1698409706.jpg

१० कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईले जितेको छ। रोमाञ्चक फाइनलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो। जवाफमा युएईले उक्त लक्ष्य १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। लिगचरणमा नेपालसँग २ खेलमा पराजित भएपनि युएईले फाइनलमा बदला लिंदै ४ विकेटको जित हासिल गर्‍यो।
युएईका लागि कप्तान महुमम्द वासिमले ४५ रन बनाउँदा अर्यान्स शर्माले २५ रन बनाए। त्यस्तै वृत्या अर्विन्दले २६ रन बनाउँदा अलिशान सरफुले १३ रन बनाएका थिए। त्यस्तै बसिल हमिद २२ रनमा अविजित रहे। हमिदले अन्तिम बल बाँकी हुँदा करण केसीलाई छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाए। त्यसअघि अली नसिर ११ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।

टियू मैदानमा पहिले ब्याटिङ गरेको नेपालले युएईलाई उपाधि जित्नका लागि १ सय ६३ रनको लक्ष्य दिएको थियो।  निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेल ५० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सुन्दीप जोराले १० तथा सोमपाल कामीले १३ रन बनाए। करण केसी २३ रनमा अविजित रहे।

युएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिंदा अली नसिर र जहुर खानले समान २-२ विकेट लिएका थिए। जुनाइद सिद्दीकीको नाममा १ विकेट लिएका थिए।

नेपालले लिग चरणमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार