१३ कार्तिक, काठमाडौं । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो ।
भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड मलान र डेविड विलीले १६-१६, मोइन अलीले १५ तथा जोनी बेयरस्टोले १४ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलको पालीमा १० चौका र ३ छक्का हिर्काए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । ४० रन बनाउँद भारतले शुभमन गिल, विराट कोहली र श्रेयस ऐयरलाई गुमाएको थियो । त्यसपछि रोहितले केएल राहुलसँग मिलेर भारतको पाली सम्हालेका थिए । केएल राहुलले ३९ रन बनाए ।
त्यस्तै, सूर्यकुमार यादवले ४९ तथा जसप्रित बुमराहले १८ रन बनाउँदै भारतलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा क्रिस वोक्स तथा आदिल रसिदले २-२ विकेट लिए ।
जीतसँगै भारत ६ खेलबाट अधिकतम १२ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा भारत एक मात्र अपराजित टोली हो । इंग्ल्याण्ड भने ६ खेलबाट मात्र २ अंक बटुल्दै अंक तालिकाको पुछारतिर छ ।
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...