२२ कार्तिक, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार मुम्बईको वानखेडे स्टेडियममा ग्लेन म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन् । अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना टरेको छ ।
अस्ट्रेलियामाथि हाबी भएको अफगानिस्तानविरुद्ध म्याक्सवेल काफी भएका हुन्। तनावमा रहेको अस्ट्रेलियालाई म्याक्सवेलले एक्लै जोगाए ।
९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलिया म्याक्सवेल सेमिफाइनलमा पुर्याए। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यलाई भेट्न उनको दोहोरो शतक आवश्यक थियो। उनले त्यो पुरा गरेर कीर्तिमानसमेत बनाए। अफगानिस्तानले म्याक्वेलको एउटा क्याच ड्रप गरेपछि उनले कीर्तिमानी दोहोरो शतक बनाएका हुन् ।
म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए। यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । म्याक्सवेलले यही विश्वकपमा इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन्। म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए ।
अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २-२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन्। मंगलबारको जितसँगै ८ खेलपछि अस्ट्रेलियाले १२ अंक जोडेको छ। ८ अंक रहेको अफगानिस्तान नेट रन रेट अनुसार छैठौं स्थानमा छ।
यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले १२९ रनमा अविजित शतक प्रहार गरेका थिए ।
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...
६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...
६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...
६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...