Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

4583-1700442652.jpg

४ मंसिर, काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले उचालेको छ। आइतबार भएको फाइनलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको हो। विश्वकपमा अस्ट्रेलियाले फाइनलमा दोस्रो पटक भारतलाई हराएको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
जारी विश्वकपमा भारतले लगातार १० खेल जित्दै फाइनल पुगेको थियो। तर उसका लागि एक खेलको हार उपाधिबाट बञ्चित गराउन पर्‍याप्त बन्यो। अस्ट्रेलियाले भने विश्वकपको लिग चरणमा सुरुवाती दुई खेल हारेपनि त्यसपछि पुनरागमन गर्दै लगातार जित सहित उपाधि चुम्यो।
फाइनलमा अस्ट्रेलियाले जित निकाल्ने क्रममा अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सानदार शतकीय इनिङ खेले। उनले सर्वाधिक १ सय ३७ रनको इनिङ खेले।  त्यस्तै  मार्नुस लबुसेनले ५८ रनको अविजित इनिङ खेले।  यि दुईबिच चौंथो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए।  खराब सुरुवात गरेको अस्ट्रेलियाले ६.६ ओभरमा ४७ रन बनाउँदा तीन विकेट गुमाएको थियो। तर त्यसपछि हेड र लाबुसेनले सुझवुझपूर्ण इनिङ खेल्दा जित हात पार्न सफल भयो।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो। अस्ट्रेलियन बलरसामु खुलेर खेल्न नसकेको भारतका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। भारत विरुद्ध अस्ट्रेलियाले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दा ब्याटिङमा पनि सानदार प्रदर्शन कायम राख्दा सहज जित निकाल्यो।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। उसका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। १०७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। त्यस्तै विराट कोहलीले ४ चौकाको सहयोगमा ६३ बल खेल्दै ५४ रन बनाएका थिए।
त्यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४  ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो। त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए।
कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु परेको थियो। कोहली ५४ रन बनाउँदा कप्तान प्याट कमिन्स द्वारा बोल्ड भए।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिंदा प्याट कमिन्स र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल  र एडम जम्पाले समान १-१ विकेट लिए । दुवै टोली एक अर्का विरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिडेका हुन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो ।
यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार