Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

यू-१९ एसियाकप: भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश

shutterstock_193263083-1-1702689230.jpg

३० मंसिर, हेटौंडा । युएईमा जारी यू-१९ एसियाकप क्रिकेटमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। मध्यम लक्ष्य पछ्याएको बंगंलादेशका लागि अरिफलु इस्लामले सर्वाधिक ९४ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, अह्रर अमिन ४४ रनमा अविजित रहँदा चौधुर एमडी रिजवानले १३ रन बनाएका थिए। भारतका नमन तिवारीले ३ विकेट लिँदा राज लिम्बानीले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरे पनि मध्यक्रमले केही सम्हालेको थियो। तर उसले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। ६१ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि मुसिर खान र मुर्गन अभिसेकले सातौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै टिमको सर्मनाक स्कोरलाई केही प्रतिस्पर्धात्मक बनाएका थिए।
भारतका लागि मुसिर खानले ५० रन बनाउँदा मुर्गन अभिसेकले ६२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा प्रियन्सु मोलियाले १९, सचिन दासले १६ र राज लिम्बानीले ११ रन बनाए।
बंगलादेशका लागि मरुफ मृधाले ४ विकेट लिँदा रोहनत बोर्सन र शेख प्रभेज जिवनले समान २-२ विकेट लिए । त्यस्तै, महफजुर रबीले १ विकेट हात पारेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार