Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

20240117_121039-1705496691.jpg

३ माघ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनिहरुलाई सम्मान गरेको हो । 
बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कव्जा जमाएको थियो । 
आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो । 
उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामि दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागि हुन आग्रह गरीन । नगरको खेलकुदको बिकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडि उत्पादनमा लगानी गरीरहेको बताइन् । 
सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको बिकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक बिकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए । 
मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागि बन्ने भएको छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार