Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

निजामतीको काँधमा संविधान कार्यान्वयनको जिम्मेवारी : प्रधानमन्त्री

Prachanda-1473245829.jpg

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र सङ्घात्मक स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने अहिले अहम् प्रश्न बनेको बताएका छन् ।

सामान्य प्रशासन मन्त्रालयद्वारा निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा नेपाल प्रज्ञा भवनमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, 'नेपालको निजामती सेवा साँच्चिकै इतिहासको सङ्गीन मोडमा उभिएको छ, निजामती सेवाको काँधमा संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी आइलागेको छ, संविधान कार्यान्वयनबाट आफैँ नै सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । प्रधानमन्त्री दाहालले सङ्घीयतालाई सारभूत रुपमा कार्यान्वयन गर्न विद्यमान निजामती सेवाको ढाँचालाई रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै जुन रुपमा प्रदेश र स्थानीय तहमा अधिकार निक्षेपण गरिएको छ, सोही अनुपातमा निजामती सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने बताए ।

प्रदेश र स्थानीय तहमा रहने निजामती सेवाको व्यवस्थापन गर्ने जिम्मा तत् तत् सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि सङ्क्रमणकालमा सङ्घीय सरकारले सहजकारी भूमिका खेल्नुपर्ने सन्दर्भमा हालको निजामती सेवालाई सोहीअनुरुप परिचालित गर्नु आजको आवश्यकता हो भन्दै उनले यस क्रममा संविधानले निर्धारण गरेका अधिकार क्षेत्रका आधारमा केन्द्रमा बन्ने संरचनाअनुसार सो तहमा रहने जनशक्ति निर्क्यौल गरी बाँकीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न आवश्यक रहेको बिचार व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपालको संविधान जारी भएको एक वर्ष पुग्न लागेको र निजामती सेवाले संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालको लामो सङ्क्रमणकालीन अवस्थामा पनि राज्य सञ्चालनमा स्थिरता दिन सकेकोमा यसको उच्च प्रशंसा गरे । सङ्घीयता नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग र अनुपम अवसर भएको हुँदा राम्रोसँग उपयोग गर्न नजान्दा आउन सक्ने चुनौती पनि त्यत्तिकै छन् भन्दै उनले हाम्रो वस्तुगत परिस्थिति र आवश्यकताअनुसार अघि बढाउने सन्दर्भमा निजामती सेवक र यसका राजनीतिक हिस्सेदारको क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकताअनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित भई आवश्यक परेमा विधि र दस्तावेजका मनसाय र शब्दका बीच सही र न्यायोचित ढङ्गबाट व्याख्या र ग्रहण गर्दै नेपाली समाजको रुपान्तरणमा सघाउ पुर्‍याइ सबै वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, भाषाभाषीको हित र मुलुकको सम्वृद्धिमा योगदान पुर्‍याउन निजामती कर्मचारीलाई हार्दिक अनुरोध गर्दछु ।

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नेपालको शासन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको निजामती प्रशासन राज्य सञ्चालनको प्रमुख आधारका रुपमा रहँदै आएको बताए । उनले भने, निजामती प्रशासनको माध्यमबाट सरकार जनताका घर दैलोमा पुग्ने भएको हुँदा यसको प्रभावकारितासँगै जनताले सुशासनको प्रत्यक्ष अनुभूत गर्ने छन् ।

नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी र सामान्य प्रशासन सचिव पूर्णचन्द्र भट्टराईले निजामती प्रशासनलाई प्रभावकारी र उच्च मात्रै होइन, स्वच्छ बनाउने प्रयासमा विभिन्न कार्यक्रम अघि बढिरहेको बताए । समारोहमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई दुई लाख नगद राशि र कदरपत्रसहितको सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान गरियो । सो अवसरमा निजामती प्रशासनका १० जनालाई सर्वोत्कृष्ट निजामती सेवा तथा ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो । यस वर्षको निजामती सेवा दिवसको मूल नारा ‘सेवामैत्री प्रशासनः सङ्घीयतामा सुशासन’ रहेको छ । स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासन सेवामा हाल करिब ८० हजार कर्मचारी कार्यरत रहेका छन् । (रासस)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
df-1714522678.jpg

१९ बैशाख, हेटौंडा । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।...

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

थप समाचार