Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मिडियास्तरीय फुटसलको उपाधी एन्ड्रसलाई

dd-1706919918.jpg

२० माघ, हेटौंडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो । 
एन्ड्रसको जीतमा सरोज पौडेलले दुई गोल गरे । रविन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद पत्रकार मञ्च मकवानपुरलाई हराउँदै टिम एन्ड्रस फाइनलमा प्रवेश गरेको थियो । यस्तै उपविजेता आयोजक रेडियो मकवानपुर नेपाल पत्रकार महासंघलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । 
विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश अधिकारीले जानकारी दिए । रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवको अवसरमा गएको मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । 
पहिलो दिन सहिदको विषयमा रचना वाचन, दोस्रो दिन हेटौंडा क्याम्पसमा सेनेटरी प्याड वितरण र तेस्रो दिन ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको थियो । यस्तै शनिबार मनहरी–५ मा निशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भुमिका विषयक वत्तृत्वकला प्रतियोगिता आयोजना हुने र सोमबार समापन गरिने अधिकारीले बताए । 
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्ष तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिता उद्घाटन हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

थप समाचार