Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

साढे तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टको उत्पादन सुचारु

df-1707180291.jpg

२३ मा, हेटौंडा । हेटौँडा ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ  । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए । 
कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रवन्धक पाण्डेले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएपछि उद्योग चल्न थालेको बताए । ‘कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न सकेको थिएनौं । कोइला सप्लायर्सहरुलाई भुक्तानि दिएपछि केहि समयलाई पुग्ने कोइला आपूर्ति भएको छ । अब तत्कालै उद्योग बन्द हुँदैन,’ महाप्रवन्धक पाण्डेले भने । ४
 वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय समयमा कोइला अभाव र उपकरण विग्रिएर बन्द हुने गरेको छ । ४० वर्ष पुराना मेशिनबाट अहिले पनि उत्पादन गर्नुपर्ने वाध्यताका कारण बेला बेलामा उद्योग बन्द हुने गरेको महाप्रवन्धक पाण्डेको दावी छ । उनले उद्योगका पुराना मेशिन मर्मत गरेर कहिलेसम्म चलाउने हो? भन्दै प्रश्न गरे । 
पुराना मेशिनका कारण कारण उत्पादन लागत महँगो पर्ने गरेको र उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । यस्तै कच्चा पदार्थको अभाव र ढुंगा पिस्ने मेशिन(क्लिङ्क) बिग्रिएर पनि बेला बेलामा सिमेन्ट उत्पादन रोकिने गरेको महाप्रवन्धक पाण्डेको भनाई छ ।
‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ । मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्था छौं । उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन र उद्योग नाफामा जान सक्दैन,’ महाप्रबन्धक पाण्डेले भने । 
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामोसमय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएको उनले बताए । चालू आर्थिक वर्षमा उत्पान भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दाद रहेको महाप्रवन्धक पाण्डेले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार