Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भूकम्प पीडितलाई प्रधानमन्त्रीको नयाँ प्याकेज

PM-at-Rostam-1473319727.jpg

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले  विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान बढाएर तीन लाख  दिने घोषणा गरेका छन् । त्यसैगरी, सामूहिक जमानीमा ३ लाख निर्व्याजी ऋण दिइने बताए । भूकम्पका कारण पेशा र रोजगारीसमेत गुमाएकालाई स्वरोजगारमुलक व्यवसाय गर्न परियोजना धितोमा सहुलियत व्याजदरमा २ लाखसम्म ऋण दिइने दाहालको भनाई छ । अनुदान रकम ३ लाख, जमानिमा सहुलियत ऋण ३ लाख र परियोजना धितोमा ऋण २ लाख गरी ८ लाख को प्याकेज प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।

उनले सरकारले घोषणा गरेको नीजि घर पुर्ननिर्माणको पहिलो किस्ता ४५ दिनभित्र पुर्याउन पुनः निर्देशन दिंदै नियमित अनुगमन हुने दावि गरे । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको उनको भनाई छ । उनले ५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपमुलक तालिम दिने घोषणा गरे ।

संविधान कार्यान्वयन पहिलो प्राथमिकता

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन रहेको जनाए । उनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता रहेको जनाउँदै आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको बताए । उनले सबै पक्षसँग उदार भएर सहमित खोज्न ढिला गर्न नहुने बताए । उनले असोज मसान्तसम्म स्थानीय निकायको पुर्नसंरचना आयोगको काम पूरा हुने बताए । उनले ०७४ माघ ७ सम्म तीनवटै निर्वाचन गर्न  सरकार लागि परेको बताए । त्यसका लागि निर्वाचन सम्बन्धी कानुन बनिरहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
kailash-sirohiya167577293-1716296772.jpg

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...

प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
1641373260_1615078427_san-1716290030.jpg

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...

कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

थप समाचार