Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनल प्रवेश

20240312_124000-1710226577.jpg

२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ८५ रनको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा ५९ रन बनाएका भुर्तेलले बलिङमा ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।
पिएनजीका लागि हिरीहिरीले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक सेसे बाउले २१ रन तथा टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए।
नेपालका लागि कुशलले सर्वाधिक ४ विकेट लिँदा प्रतिश जिसीले २ विकेट तथा आकाश चन्द र गुल्सन झाले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाएका थिए।
उनले करिअरको ८ औं अर्धशतक पुरा गर्दै टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने दोस्रो खेलाडीसमेत बने।
भुर्तेलले ३६ औं इनिङमा एक हजार रन पुरा गरेका हुन्। उनले यो बीचमा एक शतक र ८ अर्धशतक प्रहार गरेका छन्। टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्। उनीअघि दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका थिए।
त्यस्तै, नेपालका लागि सन्दीप जोराले विस्फोटक अर्धशतक प्रहार गरे। जोराले २६ बलमा ५६ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, बिबिके यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दा नेपालले उच्च स्कोर बनायो।
विवेकले ४ बलमा १९ रन बनाए। त्यस्तै, लगुल्सन झाले १२ बलमा १५ रन बनाउँदा लोकेश बम १४ रनमा आउट भएका थिए। पिएनजीका लागि आसाद भालाले २ विकेट लिँदा नोसाइना पोकना, जोन करिको र नोर्मन भनुवाले समान १-१ विकेट लिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार